Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर मर्ज हुने !

अर्थ संसार

शुक्रबार, २६ भदौ २०७७, १० : १० मा प्रकाशित

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर मर्ज हुने !

अर्थ संसार, काठमाडौं-रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड एक आपसमा मर्ज भई एक नयाँ कम्पनी बन्ने भएको छ ।

जलविद्युत आयोजना निर्माण तथा संचालन गर्न अनुमतिपत्र प्राप्त कम्पनीहरु एक आपसमा गाभिन, आपसमा मिल्न, शेयर खरिद, संरचनाको खरिद वा हस्तान्तरण, प्राप्ती वा ग्रहण सम्बन्धी निर्देशिका, २०७७ मिति २०७७ भाद्र १० गते मा जारी भएको छ ।

यो निर्देशिकाको पालना गर्दै यी दुई कम्पनी एक आपसमा मर्जर हुन लागेको समाचार बाहिर आएको छ । कम्पनी ऐन २०६३ को दफा १७७ का शर्तहरु पुरागरी कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति प्राप्त गरि कम्पनीहरु मर्ज हुन सक्ने व्यवस्था छ ।

यसमा नियमन आयोगको पूर्व सहमति पनि पर्दछ । आर्थिक वर्ष २०७६/७७ को बार्षिक साधारण सभाबाट बिशेष प्रस्ताव पारेत गरी यी कम्पनीहरु एक आसमा गाभिने छन् ।  जलविद्युत कम्पनीहरुको मर्जरबाट कम्पनीको पूँजी वृद्धि भई ठुला आयोजनाहरुमा लगानी गर्न सक्ने क्षमतामा अभिवृद्धि हुने,  प्रशासनीक खर्चमा कमी हुने, शेयरधनीहरुलाई उच्चदरले लाभांश प्राप्त हुने साथै नियमन कार्य सरल हुने बिश्वास गरिन्छ ।

मर्ज हुने कम्पनीहरु मध्यकोे रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी सँग २.४ मे.वा. रिडीखोला जलविद्युत आयोजना संचालनमा रहेको छ भने ८.५ मे.वा. बुटवल सोलार आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । साथै १० मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजनामा कम्पनीको २५% शेयर लगानी रहेको छ । नेपाल स्टक एक्सचेञ्जमा (RHPC) नामले सुचिकृत यस कम्पनीले आफना शेयरधनीहरुलाई नियमितरुपमा लाभांश वितरण गर्दै आएको छ । 

रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीसंग धादिंग जिल्लामा ५०० किलोवाट क्षमताको रैराङखोला साना जलविद्युत आयोजना र पाँचथर जिल्लामा ९.९ मे.वा. को इवाखोला जलविद्युत आयोजना सञ्चालनमा रहेको छन् । साथै यस कम्पनीले झापा जिल्लामा ५ मे.वा. क्षमताको सोलार आयोजना र पाँचथर जिल्लामा बहने इवाखोलामा १० मे.वा. क्षमताको जलविद्युत आयोजना विकास गर्ने कार्य गरिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा (RRHP) नामले सुचिकृतछ । 

यी दुबै कम्पनी एक आपसमा मर्ज भएपछि बन्ने नयाँ कम्पनीको नाम ”रिडी पावर लिमिटेड” रहने  छ । यो नेपालमा एक ठूलो र प्रभावकारी विद्युत कम्पनी बन्ने लक्ष्य लिएर काम गरिरहको कुरा कम्पनीका प्रवन्ध निर्देशकले बताउनु भएको छ ।

यी दुवै कम्पनीहरुको शेयरधितोपत्र बजारमा सुचिकृत भई स्वतन्त्ररुपमा कारोवार भईरहेको छ । उज्जवल भविष्य रहेका जलविद्युत कम्पनीहरुमा लगानी गर्न चाहने लगानीकर्ताको लागी यी दुवै कम्पनी आकर्षक देखिन्छ । जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको हुँदा आगामी दिनमा यी कम्पनीहरुको शेयर मुल्य बढैजाने हुँदा जलविद्युत कम्पनीको शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको लागि यो उपयुक्त अवसर हो । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको