Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट थप ६ जनाको मृत्यु

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, १६ : १४ मा प्रकाशित

कोरोनाबाट थप ६ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै बढी संक्रमित कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका हुन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या ३२ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट  मृत्यु हुनेको कुल संख्या ३०६ पुगेको छ ।  

यसैबीच पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको स्वाव परिक्षण गरिएकोमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४८ हजार  १३८  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा थप ३ सय जना संक्रमित थपिएका छन् । 

संक्रमितभन्दा निको हुनेको संख्या दिनानुदिन बढ्दो छ । नेपाल सुधारउन्मुख बाटोतर्फ गइरहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेस्वर गौतमले जानकारी दिए। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको