Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा पनि लगानीकर्ताहरु आइपिओ र नेप्सेमा उत्साहित !

आइतबार, १४ भदौ २०७७, ११ : ५२ मा प्रकाशित

निषेधाज्ञामा पनि लगानीकर्ताहरु आइपिओ र नेप्सेमा उत्साहित !

कोरोना नियन्त्रणको लागि भनेर सरकारले गरेको निषेधाज्ञामा पनि आइपिओको लगानीकर्ताहरुको उत्साहमा कमी आएको देखिएन । निषेधाज्ञामा जारि भएको आइपिओको शेयरमा खरिदको लागि आबेदन दिनेहरुको भिड नै देखिएको थियो ।

निषेधाज्ञामा ३ वटा कम्पनीको  आइपिओ निष्काशन भएको थियो । लिबर्टि इनर्जी कम्पनि, समाज  लद्युवित्त बित्तिय सस्था र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपिआ बजारमा निष्काशन भएको थियो । पछिल्लो समयमा आइपिओ कालगानीकर्ताहरु ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समयमा आइपिओ शेयरमा आबेदन दिनेहरुको सख्या ६ लाख भन्दा बढिभई सकेका छन् ।

त्यसो त कतिपयको भनाइमा निषेधाज्ञा नभएको भए यो भन्दा बढि आबेदकहरु हुन सक्ने बताउँछन्  । निषेधाज्ञामा बिना काम बाहिर आवतजावत गर्न नपाउने भएको कारणले कतिपय लगानिकर्ताहरु आबदेन दिनको लागि बैंकसम्म जान नपाएकोमा आक्रोस पनि पोखेका छन् ।

भनिन्छ नि–‘नो  रिक्स नो गेन । ’ शेयरबजारमा प्रबेश गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक बजार उपयुक्त माध्यम पनि हो । यसमा जोखिम कम हुने भएकोले पनि आइपिओ प्रति लगानीकर्ताहरुको आकर्षण बढेको हो भन्दा पनि फरक नपर्ला । 

त्यसोत पछिल्लो समयमा अनलाइनमा मेरो शेयरबाट घर पसल अफिसमा बसेर पनि शेयरको आबेदन दिन सकिन्छ । तर, कतिपय मेरो शेयरको सुविधा लिन नपाएकाहरुले बैकमा गएर सि–आस्वाबाट आइपिओको आबेदन दिने गरेका लगानीकताहरुले भने आइपिओको आबेदन दिने म्याद नथपेको कारणले कतिपयलगानिकर्ताहरुले अशन्टुषि जाहेर गरेका छन ।त्यसोतअबको दिनमा लकडाउन र निषेधाज्ञामा आइपिओ शेयर जारि नगर्न भनेर सेबोनले निर्देशन दिई सकेको छ ।

अहिलेको समय भनेको डिजिटलाइजको समय हो । अहिले अनलाइनबाट शेयरको गतिबिधि कारोबार गर्न सकिने भएकोले अनलाइनको  सुविधा लिन पर्ने भनाइ कतिपयको भनाइ रहेका छन् । 

प्रथामिक बजारमा लगानीकर्ताहरु बढ्नु भनेको शेयरबजारको लागि सकारात्मक हो । यसले शेयरबजारको दायरा फराकिलो बनाउँछ  । त्यसो त प्राथमिक बजार भनेर शेयरबजारमा प्रबेश गार्न चाहने नयाँ लगानीकर्ताहरुको लागि भ्यार्याङ्ग जस्तै हो भन्दा पनि फरक नपर्ला  । प्राथमिक बजारबाट अनुभव बलिएर दोश्रो बजारमा प्रबेश गर्दा राम्रो हुने देखिन्छ । त्यसोत प्राथमिक बजारमा दोश्रो बजारमा जस्तो त्यति जोखिम पनि हुँदैन ।

यस कारणले पनि प्राथमिक बजारमा आइपिओमा लगानीकर्ताहरुको चाप बढेको हो भन्दा पनि फरक नपर्ला । शेयर बजारको दोश्रो बजारमा जोखिम पनि बढि हुन्छ भने यसले लाभपनि बढि नै दिने गर्छन । भनिन्छ नि–‘नो  रिक्स नो गेन । ’ शेयरबजारमा प्रबेश गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक बजार उपयुक्त माध्यम पनि हो । यसमा जोखिम कम हुने भएकोले पनि आइपिओ प्रति लगानीकर्ताहरुको आकर्षण बढेको हो भन्दा पनि फरक नपर्ला । 

त्यसोत पछिल्लो समयमा आइपिओमा देखिएको लगानीकर्ताहरुको चापले बिगतमा जस्तो बोरा प्रबृति बढेको हो कि भन्ने पनि कतिपयको भनाइ रहेका छन । तर, अहिलेको लागि बोरा प्रबृति भन्नु भन्दा पनि परिवार प्रबृति बढेको जस्तो देखिन्छ । आइपिओमा आबेदन दिने सबैले १० कित्ता शेयर पाउने  नियमले परिवारको सबै सदस्यहरुको आबेदन दिने प्रबृति बढेको देखिएका छन् ।


त्यसोत यसलाई सकारात्मक रुपमा लिन पर्दछ । यसले शेयर बजारको दायरालाई बढाउँछन् नै । तर, पनि अरुको नामबाट साथीभाइ इष्टमित्र आफन्तहरुको नामबाट आइपिओ भर्ने प्रबृतिलाइ भने निरुत्साहित गनु पर्ने देखिन्छ । त्यसोत बिगतमा जस्तै अरुको नागरिकता बटुलेर अरुको बैंक खाता प्रयोग गरेर आइपिओ भर्न भने त्यति सजिलो भने छैन । तर, पनि हाम्रोमा उखान छनि खाने मुखलाई जुँगाले छेक्दैन भन्ने पनि त छ नि होइन र ?

देशमा कोरोनाको कहर बढेपछि निषेधाज्ञा जारि गरे । बिना योजना बिना नीतिगत कार्य योजना कोरोना नियन्त्रणको लागि निषेधाज्ञा एउटा मात्र बिकल्प भन्ने बुझाइको कारणले देशमा निषेधज्ञा गरेको हो भन्दा फरक नपर्ला । सरकारले कोरोना नियन्त्रणको रामबाँणको रुपमा निषेधाज्ञालाई लिने गरेकोले सरकारको अबुझ भन्ने वा असक्षमाता भन्ने भनाइ कतिपय बिज्ञको समेत रहेका देखिन्छ ।

निषेधाज्ञाको समयमा देशको सर्बै गतिबिधिहरु निषेधबिना काम आवातजावत गर्न निषेध भएपनि पूँजीबजार भने चलेको छ । पहिलेको लकडाउनमा जस्तो शेयरबजार लक छैन  । अहिले शेयर बजार सम्बन्धि गतिबिधिहरु भएका छन् । नेप्से सूचारु छन् ।  निषेधाज्ञामा पनि शेयरबजार बढेको छ ।  नेप्से बढेको देखिन्छ  । यसका साथै कारोबार पनि बढेको देखिन्छ । निषेधाज्ञामा पनि दिनमा साढे २ अर्ब भन्दा बढिको कारोबार हुनु भनेको शेयरबजारको लागि सकारातमक हो । यसलेपनि लगानिकर्ताहरुमा उत्साह थपेको छ ।

त्यसोत निषेधाज्ञाको कारणले कतिपय लगानीकर्ताहरुले समस्या पनि भाग्नु परेका छ । त्यसोत चैत्र ११ गते लकडाउन हँुदैगदौ नेप्से खोल्नुहुदैन भनेर बबण्डर मचाउने शेयर लगानीकर्ताहरुको तथा कथित नेताहरु भने यसपालिको निषेधाज्ञामा भने नेप्से खोल्नु पर्छ भन्ने रह्यो । त्यसबेला नेप्से ओरालो लाग्ने क्रममा थियो यसपालि भने नेप्से उकालो लाग्ने क्रममा भएकोले नेप्से खाल्नु पर्छ भनेर भन्नेमा रहेका होला भनेर पनि शेयर लगानिकर्ताका नेताहरुलाई ब्यङ्ग गर्नेहरु पनि थुप्रै भेटिए । 

यो पनि पढ्नुहोस्

अइपिओ पनि अब ठूला लगानीकर्ताको पोल्टामा 

 

Book Building System मा लगानीकर्ताको यस्तो भनाई | Radha Pokharel & Nayan Bastola

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको