Like us!
Follow us!
Connect us!
Watch us!

धारिलो हतियारले दलित युवकको हत्या

अर्थ संसार

आइतबार, ३२ साउन २०७७, १६ : ५६ मा प्रकाशित

धारिलो हतियारले दलित युवकको हत्या

अर्थ संसार, रौतहट– यहाँ एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका –८ जिंगडिया गाउँका  १७ वर्षीय  निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । 

आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

  प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको  बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको