Web Analytics Made Easy - StatCounter
बुधबार, ०७ असोज २०७७
बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?
बिहिबार, २९ साउन २०७७

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २४ हजार ४ सय ३२ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

बिहिबार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जना गरी  उपत्यकामा मात्रै १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बिहिबार थप १०९ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेकाे छ । कुल संक्रमितमध्ये ६७ दशमलव ५ प्रतिशत निको भएका हुन् ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved