Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको आइपिओ भर्ने कि नभर्ने ? ( कम्पनीको बिस्तृत विवरण भिडियोमा)

निशा हुमाँगाई

शुक्रबार, ३० साउन २०७७, ०५ : ५८ मा प्रकाशित

रिलायन्स लाइफको आइपिओ भर्ने कि नभर्ने ? ( कम्पनीको बिस्तृत  विवरण भिडियोमा)

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गर्दैछ ।

कम्पनीले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे थियाे । कम्पनीले ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

लगानीर्ताहरुले यस आइपिओमा छिटोमा भदौ ८ गतेसम्म र ढिलोमा भदौ २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमती पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको