Like us!
Follow us!
Connect us!
Watch us!

३० करोडकाे आइपीओ ल्याउन लागेकाे सानिमा जनरलको नाफा कति छ ?

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १३ : १० मा प्रकाशित

३० करोडकाे आइपीओ ल्याउन लागेकाे सानिमा जनरलको नाफा कति छ ?

अर्थ संसार काठमाडाैं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५३.४० प्रतिशत धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा  ८१.३४ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले ७ करोड ४७ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष कम्पनीकाे बिमा कोषमा २ करोड ९६ लाख ३३ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ रहेकाे छ ।

त्यसैगरी, कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे छ । उक्त आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबीप्लस’ रेटिङ प्रदान गरेको छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको