Like us!
Follow us!
Connect us!
Watch us!

बीमाकर्तामाथि एशियन लाइफको झुटको खेती, गलत तथ्याङ्क छापेरे नम्बर वानको सन्देश फैलाउँदै

अर्थ संसार

विहीबार, २९ साउन २०७७, १२ : ५६ मा प्रकाशित

बीमाकर्तामाथि एशियन लाइफको झुटको खेती, गलत तथ्याङ्क छापेरे  नम्बर वानको सन्देश फैलाउँदै

अर्थ संसार, काठमाडौं– आफूलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ अब्बल र सफल कम्पनी हो भनेर चिनाउन बिमाकर्तामाथि  एशियान लाइफ  इन्स्योरेन्स कम्पनी लिमिटेडले झुट को साहारा लिनु परेको छ ।

एशियन लाइफले आफू नम्वर वान बन्न कम्पनीको रुपमा  प्रचार प्रसार गर्नको लागि गलत तथ्याङ्कको साहारा  लिएको हो ।  ‘सवैको लागि  सधैको लागि सुरक्षा...’ भन्ने नारालाई आत्मसाथ गदैं अगाडि बढेको एशिया लाइफले सत्यतथ्य  तथ्याङ्क लुकाएपछि बिमाकर्ताले यो कम्पनी संचालक र व्यवस्थापनको लागि  हो, बिमाकर्तामा सधैको लागि होइन भन्ने बुझ्नु पर्दछ ।

गलत तथ्याङ्कले एशियान लाइफको व्यवस्थापनको कार्यशैलीमाथि बिमाकर्ताले प्रश्न चिन्ह खडा गरेको छ ।  राम्रो गतल तथ्याङ्क छापेर सर्वसाधारण नागरिकलाई बीमा गर्न आकर्षित गर्ने रणनीति एशिया लाइफ इन्स्योरेन्स कम्पनीले लिएको अरु लाइफ इन्स्योरेन्स कम्पनीको आरोप छ ।

  नियामन निकाय बीमा समितिको आँखा छल्न कोशिस गर्ने एशिय लाइफले बीमाकर्तालाई कस्तो व्यवहार गर्छ त्यो आम सर्वसाधारणसले सोच्नु पर्दछ । त्यसैमाथि दावी भुक्तानीमा बीमाकर्तालाई पीडित बनाउने कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सक कम्पनी पर्दछ ।

बारम्बार दाबी भुक्तानीमामा नियामक निकायले प्रश्न चिन्ह खडा गर्दै आएको छ । दावी भुक्तानी प्रभावकारी नभएको भन्दै बीमा समितिले पटकपटक प्रभावकारी बनाउन आग्रह गर्दै आइरहेको  छ ।


एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अन्तत: आफ्नो छलकपट आम सर्वसाधारणसमाथि उदांगिएको छ । बिहीबार पत्रिकाको सानो ठाउँ लिएर आफ्नो गल्ति भने सच्याउन भ्याएको छ । ताकी कसैले  नदेखुन ।

यसरी तथ्यांकमाथि खेलेको थियो एशियन लाइफ इनस्योरेन्स

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय सार्वजनि गरेको थियो । सार्वजकि गरेको वित्तीय विवरणमा बीमा शुल्क आर्जन, कूल कायम रहेको बेमालेखको संख्या, कुल दाबी भुक्तानी संख्या, भुक्तानी हुन बाँकी रकम, भुक्तानी हुन बाँकी दावी संख्या, आन्तिरिम मुनाफा (बोनसको दर) आदिमा तथ्याङ्कमाथि खेलवाड गरेको छ ।

एशियन लाइफले तथ्याङ्कमाथि खेलवाड गरी आम सर्वसाधारण नागरिकमाथि आँखामा छारो हाल्न खोज्दा कम्पनीका व्यवस्थापन र संचालकको कामकारवाही माथि प्रश्न चिन्ह खडा उत्पन्न भएको छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको