Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, ११ : १३ मा प्रकाशित

नबिल बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - नबिल बैंक लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएकाे ५ वर्षभन्दा पुरानाे लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेकाे छ । 

शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले एक महिना भित्र बैंककाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसैले, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको