Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ? (विवरणसहित)

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १० : १४ मा प्रकाशित

स्वाभिमान लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चौथो त्रैमाससम्ममा संस्थाकाे नाफा १० दशमलव ९८ प्रतिशतले घटेर २ करोड २१ लाख रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले ७ करोड २७ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ३६ दशमलव ६३ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा भने ३ करोड ५९ लाख रुपैयाँबाट घटेर २ करोड ५५ लाख रुपैयाँमा सीमित रहेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी ७ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा २ करोड ८० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको