Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौंता

अर्थ संसार

बुधबार, २८ साउन २०७७, १७ : ५० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौंता

अर्थ संसार, काठमाडौं– बालुवाटार, काठमाण्डौ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुर, ग्वार्को अवस्थित क्वेष्ट इन्टरनेशनल कलेज सँग बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पुर्याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को ललितपुरका तर्फ बाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ । 

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एम बिए का कक्षा संचालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको छ र सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।  

उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुलेक्वेष्ट इन्टरनेशनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः  पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको