Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ ल्याउन लागेको जनरल इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १६ : ०० मा प्रकाशित

आइपिओ ल्याउन लागेको जनरल इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३९ दशमलव ७७ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २७ दशमलव ३३ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ७८ दशमलव ३२ प्रतिशतले  बढेर ५ करोड १० लाख रुपैयाँ पुगेको छ ।  गत वर्ष कम्पनीकाे बिमा कोषमा २ करोड ८६ लाख रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी  ७० करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि असार ५ गते शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको