Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्याेरेन्सको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १० : ५५ मा प्रकाशित

शिखर इन्स्याेरेन्सको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गरिरहेकाे अवितरित हकप्रद शेयर भर्ने आज (साउन २८ गते बुधबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले श्रावण २१ गते बुधबारबाट सर्वसाधारण समूहको ८७ हजार ४ सय १२ दशमलव ८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे।

कम्पनीले असार १४ गते आइतबारबाट श्रावण ४ गते आइतबारसम्म आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गरेकाेमा देहाय बमाेजिमकाे शेयरहरूका लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज बुधबारसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको