Web Analytics Made Easy - StatCounter
बुधबार, ०७ असोज २०७७
मंगलबार एकैदिन उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि, देशभर कति ?
मङ्गलबार, २७ साउन २०७७

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २३ हजार ९ सय ४८ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका ८ जना गरी उपत्यकामा मात्रै १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, मंगलबार थप १७१ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेकाे छ । 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved