Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन काम गर्न ब्रोकरलाई नेप्सेकाे आग्रह

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १६ : १० मा प्रकाशित

अनलाइन काम गर्न  ब्रोकरलाई नेप्सेकाे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्स) ले डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न ब्रोकरहरूलाई आग्रह गरेको छ ।

नेप्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसकाे संक्रमण न्यूनीकरण गर्नका लागि नेप्सले सञ्चालन गर्ने गतिविधिहरूमा सम्भव भएसम्म भौतिक आवागमनलाई कम गर्ने उद्देश्यले अनलाइन कारोबार गर्न अनुराेध गरेकाे हाे ।

नेप्सेमा पठाउनुपर्ने कागजातहरू यथासम्भव इमेल मार्फत अभौतिक रुपमा (पिडिएफ फाइल ) पठाउन अनुरोध गरिएकाे छ । नेप्सेले सदस्य दलालहरूले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेलमा पठाउन र त्यसको जानकारी नेप्सेको इमेलमा पठाउन पनि आग्रह गरेको छ ।

यसैगरी, संस्थापक शेयरको कारोबार गर्न/गराउन सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न पनि आग्रह गरिएको छ । सूचीकृत कम्पनीहरूले सूचीकरण नवीकरण वार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न त्यसको जानकारी नेप्सेको सूचीकरण शाखामा जानकारी गराउन पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, सदस्य दलालहरुले कार्यालय संचालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्न पनि नेप्सेले आग्रह गरेको छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको