Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य गिरावट !

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १५ : ०० मा प्रकाशित

शेयर बजारमा सामान्य गिरावट !

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.६१ अंकले घटेर एक हजार ४२३.८१ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर २९७.२७ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीकाे ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र बढेकाे छ ।

   हेराैं आजकाे शेयर तालिका :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको