Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १३ : २२ मा प्रकाशित

समृद्धि फाइनान्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार काठमाडाैं - समृद्धि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा फाइनान्सले ३ करोड ३८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५१६ दशमलव ६१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ५४ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा फाइनान्सले ३ करोड ९ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ३३२ दशमलव ७५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ७१ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा फाइनान्सकाे सञ्चालन मुनाफा पनि ४४ दशमलव ६८ प्रतिशतले बढेर ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे सञ्चालन मुनाफा ३ करोड २१ लाख रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी १८ करोड १९ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड ६९ लाख रुपैयाँ रहेकाे छ । फाइनान्सकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ८९ पैसा रहेकाे छ ।

फाइनान्स​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको