Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ जारी गरेको अजोड इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, ११ : ४७ मा प्रकाशित

आइपिओ जारी गरेको अजोड इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५० दशमलव ८५ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले २७ करोड ७९ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ७९ दशमलव १७ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले १५ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ३ करोड ५ लाखबाट बढेर ६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ७१ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको छ ।

अजोड इन्स्योरेन्सले असार २५ गतेबाट २९ गतेसम्म ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । उक्त शेयर अहिले दोस्रो बजारमा कारोबार हुन थालिसकेको छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको