Web Analytics Made Easy - StatCounter
बुधबार, ०७ असोज २०७७
कालिका लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ? (विवरणसहित)
मङ्गलबार, २७ साउन २०७७

अर्थ संसार काठमाडाैं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चौथो त्रैमाससम्ममा संस्थाकाे नाफा ७६ दशमलव ५३ प्रतिशतले घटेर ४८ लाख ६९ हजार रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ७ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले १६ करोड ३२ लाख ८८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २१ दशमलव २४ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि घटेकाे छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे १ करोड १८ लाख ४६ हजार  रूपैयाँ सञ्चालन मुनाफा गरेकाेमा हाल २ करोड ९३ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६१ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved