Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी ईनर्जीको आइपिओ  भदौ ३ गतेदेखि बिक्री खुल्ला, लगानी गर्ने कि नगर्ने ?

अर्थ संसार

मंगलबार, २७ साउन २०७७, ०७ : ४१ मा प्रकाशित

लिवर्टी ईनर्जीको आइपिओ  भदौ ३ गतेदेखि बिक्री खुल्ला, लगानी गर्ने कि नगर्ने ?

 

अर्थ संसार, काठमाडौं -लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ)  छिट्टै निश्कासन गर्ने भएको छ । कम्पनीको अनुसार आगामी भदौ ३ गतेदेखि निश्कासन हुने भएको हो  । पहिलो चरणको स्थानीयवासीलाई नविकेको आईपीओ सहित कूल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्तामध्ये लमजुङ्गबासीका लागि अवितरित भएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।


कति र कहिलेसम्म आवेदन दिने ? 

लगानीकर्ताले  न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको