Like us!
Follow us!
Connect us!
Watch us!

माइखोलामा डुङ्गा दुर्घटना, ८ को मृत्यु, ३१ जनाको उद्दार

शुक्रबार, २८ असोज २०७३, १५ : ४४ मा प्रकाशित

माइखोलामा डुङ्गा दुर्घटना, ८ को मृत्यु, ३१ जनाको उद्दार


अर्थ संसार
इलामा –  इलामको दानाबारी–महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना हुँदा अहिलेसम्म ८ को मृत्यु भएको छ भने ३१ को उद्दार गरिएको छ । कम्तिमा ५० जना भन्दा बढी यात्रु बोकेर दानाबारीबाट माइखोला महमाई तर्फ आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेको थियो ।

वेपत्ताको अहिले दुर्घटनास्थलमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार र खोजि गरिरहेको छ । दशैं मान्न जाने र फर्किनेहरु दुर्घटनामा परेको स्थानीयवासीले जनाएका छन् ।  दुर्घटनामा परेर ज्यान गएकाहरुको परिचय खुल्न सकेको छैन । 

बढी भार भएको र तीन दिनदेखि परेको अविरल वर्षापछि माइखोलामा बाढि आएको कारण डुङ्गा अनियन्त्रित भएर पल्टेको हुनसक्ने प्रहरीको अनुमान छ ।  डुङ्गामा कति सवार थिए भन्ने यकिन भने भएको छैन ।  बिस्तृत विवरण आउन बाँकी छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको