Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १४ : ३९ मा प्रकाशित

आरएसडिसी लघुवित्तकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार, काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार संस्थाले चौथो त्रैमाससम्ममा ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २२ दशमलव ९४ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी १५. दशमलव ५९ प्रतिशतले बढेर १४ करोड २१ लाख ४८ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड २९ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।

संस्थाकाे सञ्चालन मुनाफा पनि १० दशमलव ०७ प्रतिशतले बढेर १० करोड ५१ लाख ११ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ९ करोड ५४ लाख ९० हजार रूपैयाँ रहेकाे थियाे ।

यस्तै, संस्थाकाे चुक्ता पूँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाकाे प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८४ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको