Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको नाफामा सामान्य गिरावट आउँदा कस्ता छन् अरू सूचक ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १२ : ०८ मा प्रकाशित

नेपाल बैंकको नाफामा सामान्य गिरावट आउँदा कस्ता छन् अरू सूचक ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  १ दशमलव ५५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा बैंककाे खुद व्याज आम्दानी ९ दशमलव २१ प्रतिशतले घटेर ५ अर्ब ६१ करोड ८९ लाख ४७ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६ अर्ब १८ करोड ९५ लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।

बैंककाे सञ्चालन मुनाफा पनि २० दशमलव ९२ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड ६४ लाख ३२ हजार रूपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ४ अर्ब ५१ करोड ४७ हजार रूपैयाँ रहेकाे थियाे ।

यस्तै, बैंककाे चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख ३५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले घटेर २२ रुपैयाँ ६६ पैसामा आएको छ । बैंककाे प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा रहेकाे छ । 

बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको