Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, ११ : ४७ मा प्रकाशित

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (आइतबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ । 

रत्नपार्क वितरण केन्द्रकाे ११ केभी भृकुटीमण्डप  फिडरबाट वितरीत लाइनकाे पद्ममाेदयमाेड देखी पुतलिसडक चाेकसम्म ११ केभी लाइन मर्मत र जिर्ण भएका पाेलहरू बदल्नुपर्ने भएकाेले आइतबार बिहान ७ बजेबाट साँझ ४ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका चारवटा ट्रान्सफर्मरबाट वितरीत पुतलीसडक आसपास लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको