Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे उकालाे यात्रामा ब्रेक !

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, ११ : २२ मा प्रकाशित

सुनकाे उकालाे यात्रामा ब्रेक !

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार बढ्दै गएकाे सुनकाे मूल्यले आज (आइतबार) भने ब्रेक लिएकाे छ । 

आइतबार सुनकाे मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख २ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, आइतबार  चाँदीकाे मूल्य भने बढेकाे छ । आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतिताेला १ हजार ४ सय १० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको