Like us!
Follow us!
Connect us!
Watch us!

नबिकेको शेयर लगानीकर्तालाई भिराउने दाउमा गुराँस लाइफ, हकप्रद शेयर पुन : लिलामी बेच्दै !

अर्थ संसार

शनिबार, २४ साउन २०७७, १८ : ३४ मा प्रकाशित

नबिकेको शेयर लगानीकर्तालाई भिराउने दाउमा गुराँस लाइफ, हकप्रद शेयर पुन :  लिलामी बेच्दै !

अर्थ संसार, काठमाडौं -गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो चरणमा बिक्री नभउको हकप्रद शेयर पुन : लिलामीमा आउने भएको छ । असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर बिक्री नभएको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा आउने भएको हो ।
केही दिनभित्रमा नै लिलामीमा सूचना प्रकाशन ल्याउने  निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ।

इन्स्योरेन्सले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

सो हकप्रदमा रितिपूर्वक आवेदन दिने १२ हजार ९०३ जना शेयरधनीलाई ८७ लाख ९५ हजार १८६ कित्ता शेयर साउन २२ गते बाँडफाँड गरिएको छ।

इन्स्योरेन्सले बिक्रीमा ल्याएको यस हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

यो पनि पढ्नुहोस

नेप्सेमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीको शेयर (भिडियोसहित) il

समाज लघुवित्तले आइपिओ निश्कासन गर्ने 

 

'विदेशमा गएर सीप सिकौँ नेपालमा आएर उपयोग गरौ', प्रेरणाका स्रोत सोनम शेर्पाको कथा (भिडियोसहित)

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 
 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको