Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकले लिलामीमार्फत शेयर बिक्री गर्दै, कहिलेबाट दिने आवेदन ?

निशा हुमाँगाई

शनिबार, २४ साउन २०७७, १० : ४२ मा प्रकाशित

सहारा विकास बैंकले लिलामीमार्फत शेयर बिक्री गर्दै, कहिलेबाट दिने आवेदन ?

अर्थ संसार, काठमाडौं – सहारा विकास बैंक लिमिटेडले अवितरित संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७०  कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

बैंकले  जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र आवेदन नपरेकाे बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे । 

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको