Like us!
Follow us!
Connect us!
Watch us!

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना, १९१ यात्रु थिए !

अर्थ संसार

शुक्रबार, २३ साउन २०७७, २१ : ५९ मा प्रकाशित

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना, १९१ यात्रु थिए !

तस्बिरः हिन्दुस्तान टाइम्सतस्बिरः हिन्दुस्तान टाइम्स

भारत -एयर इन्डिया एक्सप्रेसको बोइङ(७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ। 

विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ।

हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घाइते भएको उल्लेख गरेको छ।

भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ। एजेन्सी

5f2d99aeb4631.jpg 5f2d99b6ced39.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको