Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ जारी गर्न लागेको रिलायन्स लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १० : ४३ मा प्रकाशित

आइपिओ जारी गर्न लागेको रिलायन्स लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४८ दशमलव ४५ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले २ करोड ९२ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३६ करोड ८९ लाख ६१ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेकाे छ । उक्त बिमा शुल्क गत आर्थिक वर्षकाे तुलनामा ८७ दशमलव २३ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७३ करोड ११ लाख ४४ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेकाे थियाे ।

त्यस्तै, चौथो मसान्तसम्ममा कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा र नेटवर्थ ११० रुपैयाँ ८३ पैसा रहेको छ ।   

कम्पनीले सर्वसाधारणका लागि ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेकाे छ । कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको