Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण शुक्रबार र शनिबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १७ : ४१ मा प्रकाशित

यसकारण शुक्रबार र शनिबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं –  भाेलि (शुक्रबार) र पर्सी (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विभिन्न ठाउँमा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे छ ।

टेकु रिङरोड फिडर अन्तर्गत बागडोल एरीया आसपास, सनराइज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरियालगायतका क्षेत्रमा २ दिनका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको