Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्डको सिइओमा भट्ट नियुक्त

निशा हुमाँगाई

मंगलबार, २० साउन २०७७, ०६ : १९ मा प्रकाशित

लगानी बोर्डको सिइओमा भट्ट नियुक्त

अर्थ संसार, काठमाडौं - लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील भट्ट नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को हिजाे (श्रावण १९ गते साेमबार) बसेको बालुवाटारमा बसेको बैठकले आगामी चार वर्षका लागि राष्ट्रिय योजना आयोगका सदस्य भट्टलाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बोर्डको यस प्रमुख कार्यकारी अधिकृत लागि पदका लागि १२ जनाले आवेदन दिएका थिए । डा. सरोज कोइराला,सुशील भट्ट, सुशील ज्ञवाली, रामकृष्ण खतिवडा, सुमन शर्मा, चण्डिका भट्ट,कृष्णप्रसाद आचार्य, दीपकराज जोशी, शेरजंग कार्की, रमेश चन्द्र पौडेल, लक्ष्मीविलास कोइराला र आशिष गजुरेलले आवेदन दिएकामा भट्ट नियुक्त भएका हुन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको