Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा हालसम्म कति पर्यो आवेदन ?
शनिबार, १७ साउन २०७७

अर्थ संसार, काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज (दाेश्राे) दिन रहेकाे छ । दाेश्राे दिनमा दिउँसाे २:३० सम्ममा ४१ लाख ४० हजार ३० कित्ताको लागि आवेदन परेको छ । ९८ हजार ७ सय ९७ जना आवेदकले ४१ लाख ४० हजार ३० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले हिजाे (शुक्रबार) देखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि आजदेखि निष्कासन गरेकाे हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१  लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा साउन २१ गतेसम्म  र ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक,  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :

 

 

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved