Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंक र एटी सर्भिसेजबीच भयाे यस्तो सम्झौता

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, १५ : ५८ मा प्रकाशित

सनराइज बैंक र एटी सर्भिसेजबीच भयाे यस्तो सम्झौता

अर्थ संसार, काठमाडौं – सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेज (AT Services) मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरूलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेज मार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । 

एटी सर्भिसेज मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरू र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरू विभिन्न वाणिज्य र विकास बैंकहरूको खाताहरूमा समेत तुरून्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, यस विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा विश्वस्त रहेकाे बैंकले जनाएकाे छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको