Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश भने नदिने !

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, १२ : २१ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश भने नदिने !

अर्थ संसार,काठमाडाैं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे साउन १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३ औँ वार्षिक साधारण सभा भाद्र १३ गते शनिबार कम्पनीकाे प्रधान कार्यालय, भगवतीमार्ग, नक्साल, काठमाडौँमा बिहान १० बजेबाट सुरु हुनेछ ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  कम्पनीकाे जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएस (NFRS) मा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने पनि विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको