Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई सांग्रिला डेभलपमेन्टको साथ : व्याजमा २० प्रतिशत छुट

अर्थ संसार

विहीबार, १५ साउन २०७७, १९ : ३१ मा प्रकाशित

ऋणीलाई सांग्रिला डेभलपमेन्टको साथ : व्याजमा २० प्रतिशत छुट

अर्थ संसार, काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड-१९ को महामारीबाट  डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) महानुभावहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको  आकर्षक योजना ल्याएको छ ।

बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा सेवाग्राही (ऋणी) हरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको