Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री

अर्थ संसार

मंगलबार, १३ साउन २०७७, २१ : २५ मा प्रकाशित

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री

अर्थ संसार, काठमाडौं-अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० लचिलो हुनुपर्ने बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आज उद्घाटन गर्नुभएको बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई आजै अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उहाँले एआइआइबीले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग साझेदारी गरी भौतिक पूर्वाधारमा दिगो लगानी गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न सघाउनुपर्ने बताउनुभयो । 

अतिकम कार्बन उत्सर्जन गर्ने नेपाललाई कोभिड–१९ ले आर्थिक क्षेत्रमा प्रभाव पारेकाले अर्थतन्त्रको पुनरुत्थान तथा स्वास्थ्य पूर्वाधारका लागि लगानी बढाउन अपरिहार्य भएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले बैंकको अध्यक्षमा सर्वसम्मत रुपमा पुनः जिन लिक्वुन निर्वाचित हुनु भएकामा हार्दिक बधाइ ज्ञापन गर्दै अध्यक्ष जिनको सफल कार्यकालको कामना गर्नुभयो ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको