Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको लगानी हाइड्रोमा, आइपिओ भर्ने कि नभर्ने ?

अर्थ संसार

बुधबार, १४ साउन २०७७, ०० : ०० मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको लगानी हाइड्रोमा, आइपिओ भर्ने कि नभर्ने ?

अर्थ संसार, काठमाडौं– यही साउन १६ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन  गर्ने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लगानी हाइड्रोपावरमा रहेको छ । कम्पनीले अहिले हिमालयन पावर पार्टनर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडमा  करोडौं रुपैयाँको लगानी गरेको छ ।

कम्पनीले हिमालयन पावर पार्टनरमा ३८ करोड ३ लाख ५३ हजार ९ सय रुपैयाँ, सानिमा मिडिल तमोरमा  ६ करोड ४० लाख रुपैयाँ, स्वेतगंगा हाइड्रोपावरमा १० करोड रुपैयाँ र माथिल्लो मैलुङ खोलामा २ करोड २५ लाख रुपौयँ प्रतिश शेयर १ सय रुपैयाको दरले लगानी गरेको देखिन्छ ।

भावी योजना पनि हाइड्रोपावर !

आइपिओबाट जम्मा भएको रकमलाई पनि हाइड्रोपावरमा लगानी गर्ने योजनामा कम्पनी रहेको छ । निश्कासनपछिको रकमलाई कालिगण्डकी हाइड्रोपावर, ठूला खोला हाइड्रोपवार र जुम खोला हाइड्रोपावर परियोजनामा लगानी गर्ने योजना छ । 

वर्तमान अवस्थामा हाइड्रोमा लगानी, बालुवामा पानी !

पछिल्ला दिनमा शेयरधनीलेकर्ता भन्ने गर्छन-'हाइड्रोमा लगानी, बालुवामा पानी।' यो टुक्का लगानीकर्ताले त्यसै भनेको होइनन्, हाइड्रोमा लगानी  गर्ने अहिले लगानीकर्ता चुर्लुम्मै डुबेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा (दोस्रो बजार) हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ भन्दा तल छ ।  हाइड्रोपावरको शेयर मूल्य आइपिओ भन्दा ५० प्रतिशत कम तल झरेपछि लगानीकर्ता हाइड्रोपावरमा यतिखेर लगानी गर्नु त परेको कुरो नामै सुन्न चाहदैनन् । यस्तो बेलामा १६ गतेदेखि निश्कासन गर्ने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ  लगानीकर्ताको रोजाइमा पर्छ कि पर्दैन त्यो भोलीको दिनले देखाउनेछ ।

कम्पनीको मुख्य उद्देश्य

कम्पनीको मुख्य उद्देश्य भनेको विभिन्न जलविद्यु  परियोजना, पर्यटन, सुरुङ मार्ग रेलमार्ग, होटल व्यवस्या, बीमा, सञ्चारमा क्षेत्रमा लगानी गर्नु रहेको छ ।

१६ गतेदेखि बजारमा आइपिओ

कम्पनीले साउन १६ गते प्रतिशेयर  एक सय अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता शेयर निश्कासन हुँदैछ । कूल कित्ता मध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर मूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ । लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म  र ढिलोमा भदौ ३ गते आवेदन दिने अन्तिम मिति रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३१  लाख ४० हजार १८० कित्ता आवेदन दिन पाउनेछन् ।

NRN Infrastructure and Development को IPO को सम्पूर्ण जानकारी || कति दिने आवेदन ?

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ ।त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।यसैगरी, लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

१२ वटा हाइड्रोपावर कम्पनीको आउँदै आइपिओ : पानीमा लगानी,गर्ने कि नगर्ने ? 

 

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको