Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक चलाउनेलाई खुसीको खबर : टिकटकले अब पैसा दिने !

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १२ : ३२ मा प्रकाशित

टिकटक चलाउनेलाई खुसीको खबर : टिकटकले अब पैसा दिने  !

अर्थ संसार, काठमाडौं – पछिल्लो समय सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जाल टिकटकले अब आफ्ना प्रयोगकर्ताहरूलाई पैसा दिने भएको छ ।

चिनियाँ भिडियो प्ल्याटफर्म “टिकटक” ले  करिब २० करोड डलर अर्थात २४ अर्ब रुपैयाँ बराबरको कोष बनाएर आफ्ना प्रयोगकर्ताहरूलाई पैसा दिन लागेको एक विज्ञप्ति मार्फत जनाएको छ । उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु गरिने कम्पनीले जनाएकाे छ ।

यसैगरी, टिकटकले ताेकेको मापदण्ड अनुसार १८ वर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग गरिनेछ । आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कति जनाले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने बारेमा भने हालसम्म स्पष्ट भएकाे छैन ।

यस प्रकारकाे सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने र आम्दानी हुने भएपश्चात प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने  टिकटकले अपेक्षा गरेकाे छ । (एजेन्सी)

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको