Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायाे सुविधै सुविधाले भरिएको ‘नयाँ सजिलो सिम’

निशा हुमाँगाई

विहीबार, ०८ साउन २०७७, १६ : ०९ मा प्रकाशित

एनसेलले ल्यायाे सुविधै सुविधाले भरिएको ‘नयाँ सजिलो सिम’

अर्थ संसार, काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले नयाँ याेजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । 

के-के छन् सुविधा ?

- करसहित मात्रै ९९ रुपैयाँमा यो सिम लिन सकिने,

- यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मुख्य ब्यालेन्सकाे खर्चमा बोनस डेटा पाउने,

- ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने,

- नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मुख्य ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने,

- ग्राहकले सिम लिएको दिनको भोलिपल्ट मध्यरात सम्ममा १०० रुपैयाँ वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउने ।

यो नयाँ सिमको प्रमुख विशेषता भनेकै सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा हुन् । ‘प्लस’ याेजनाले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीले जनाएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको