Like us!
Follow us!
Connect us!
Watch us!

अब बोलेरै नेपाली टाइप गर्न सकिने

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १७ : २६ मा प्रकाशित

अब बोलेरै नेपाली टाइप गर्न सकिने

अर्थ संसार, काठमाडौं - पछिल्लाे समय सम्पूर्ण विश्व नै टेक्नोलोजीमैत्री बन्दै गएको छ । प्रविधिलाई पछ्याउँदै चर्चित नेपाली एप हाम्रो पात्रोले पनि नयाँ फिचर ल्याउने भएको छ । 

नयाँ फिचर अन्तर्गत हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट बोलेरै नेपाली टाइप गर्न सकिने भएको छ । हाम्रो पात्रोले ट्विटरमा एक सूचना प्रकाशन गर्दै हाम्रो किबोर्डमा बोलेरै नेपाली टाइप गर्न सकिने फिचर चाँडै ल्याउन लागेको छ । सूचना सँगै उक्त फिचरको डेमो पनि सार्वजनिक गरिएको छ ।

नेपाली भाषाको लेखनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ याे फिचर ल्याउन लागिएकाे हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले जानकारी दिएका छन् ।

हेर्नुहाेस् डेमो :

Hamro Keyboard - Voice Typing coming soon. Check out this demo pic.twitter.com/Cy4emHnwUC

— Hamro Patro (@hamropatro_dev) July 22, 2020

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको