Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा नियामक निकायको जिम्मेवारी खोइ ?

बुधबार, ०७ साउन २०७७, १० : २४ मा प्रकाशित

शेयर बजारमा  नियामक निकायको जिम्मेवारी खोइ ?

पुँजी बजारका नियामक निकायहरु जिम्मेवार नहुँदा बेला बेलामा लगानीकर्ताहरुले समस्या भोग्न पर्ने गरेका छन् । कोरोनाको कहरले सिर्जित लकडाउन पछि खुलेको शेयर बजारले कतिपय लगानीकर्ता अलमलमा परे । बेला बेलामा शेयर बजारका नियामक निकायहरुले अपरझट नीति नियमहरु  निर्देशनहरु लगानीकर्ताको टाउमा बजारिदिदाँ लगानीकर्ताहरुलाई  समस्या हुने गरेको कतिपयको भनाइ रहेका छ ।

नियामक निकायहरुले नीति नियम निर्देशन लगाू गर्दा समयवद्ध तरिकाले, क्रमवद्ध तरिकाले सुसुचित गरेर, सूचना दिएर समय दिएर लागू गर्ने पर्ने देखिन्छ ।लकडाउन पछि खुलेको शेयरबजारमा नियामक निकायले केहि नियमहरु परबर्तन गर्दा कतिपय लगानीकर्ताहलाई आफूलाइ आबश्यक परेको बेला आफ्नो शेयर बिक्री समेत गर्न पाएनन् ।

लकडाउनपछि खुलेको शेयर बजारमा एउटै ब्रोकर कहाँबाट मात्र शेयर बिक्री गर्न पाउने गरेको छ ।  यस कारणले पनि कतिपय लगानीकर्ताहरुले शेयर आफूलाई पायक परेको ब्रोकर कहाँबाट शेयर बेच्न पाएन । खरिद गर्नको लागि भने जुनसुकै ब्रोकर कहाँबाट खरिद गर्न सकिने भएपनि बेच्नलाइ भने एउटै ब्रोकर कहाँबाट मात्र बेच्न पाउने नियम लागू गरेको कारणले लगानीकर्ताहरु अलमलमा परे ।

लकडाउन खुकलो भएपछि खुेलेको शेयर बजारमा आआफ्नो शेयर बेच्नभनेर ब्रोकर कहाँ पुगेका लगानीकताहरुले नयाँ नियमले गर्दा शेयर बेच्न नपाएर जिल भए । लकडाउन खुलेपछि नियम नै परिबर्तन भई सकेको रहेछ । लगानीकर्ताहरुले भ्याउन नै पाएनन् । हुनलार्इ त  यस्तो हुनमा कुनै अचम्म मान्नु पर्दैन् किने भने  नेपालमा यस्तो त भइनै रहन्छ ।

तर , कतिपय लगानिकर्ताहरुले भने नोक्सननि ब्यहोर्न पर्यो ।  त्यसैगरि लकडाउनपछि खुलेको शेयर बजारमा शेयर बेच्दा मेरो शेयरमार्फत मात्र आफूले बेचेको शेयर हस्तान्तरण गर्न पर्ने रहेछ । त्यसोत कारोनोको कहर र लकडाउनले गर्दा भिडभाड गर्न नहुने भएकोले यस्तो गरेको पनिहोला ।तर,कतिपय लगानीकर्ताहरुले मेरो शेयर नै लिएको छैनन भने सबै मेरो शेयर चलाउन नजान्नेहरु पनिथुप्रै छन्. ।

यसकारणले पनि कतिपय लगानीकर्ताहरुले आफूलाई आबश्यक र पायक परेको बेला शेयर बेच्न पाएन भन्ने कतिपय लगानीकर्ताहरुको नोक्सन निब्यहोर्न परेको कतिपय लगानीकर्ताहरुको भनाइ रहेका छन । त्यसोत कतिपय लगानीकर्ताहरुलाइ मेरो शेयरको बारेमा त्यति जानकारि नभएको पनि देखिन्छ भने मेरो शेयर चलाउनको लागि इन्टरनेटको कनेक्सन हुन पनि जरुरी छ । लकडाउन लगतै नियामक निकायले केहि नियमहरु प्रबद्र्धन गरे हुन लाइत यस्तो नियमहरु प्रवद्र्धन गर्दा क्रमवद्ध समय सापेक्षिक रुपमा क्रमश सुधार गदै लागूगर्न पर्ने देखिन्छ । त्यसोत अहिलेको युगभनेको डिजिटलको युगको जमाना हो ।

शेयरबजारलार्इ पनि डिजिटल युक्त बनाउन पर्ने त छदैछ तर यसलाइ क्रमवद्ध रुपमा लगानीकर्ताहरुलार्इ डिजिटल प्रबिधिमा पोख्त बनाएर मात्र पूर्ण डिजिटलाइज गर्नु पर्ने देखिन्छ  ।

त्यसोत पछिल्लो समयमा शेयर बजारका लगानीकर्ताहरुलार्इ लगानीकर्ता परिचयपत्र दिइ के वाइ सि फराम नभरि जुनसुकै ब्रोकर कहाँबाट शेयर खरिद बिक्रीगर्न पाउने माग भइरहेको अबस्थामा नियामक निकायहरुले भने झन एउटै ब्रोकर कहाँबाट मात्रै शेयर बेच्न सकिने नियम बनाइ लगानीकर्ताहरुको स्वतन्त्रतालाई कुण्ठित बनाएको लगानीकर्ताहरुको भनाइ रहेका छन ।

नियामकनिकायहरुले लगानीकर्ताहरुलाइ सर्ब सुलभ सरल र सजिलो हुने नियम नीतिहरु बनाउन पर्नेमा लगानीकर्ताहरुलाई अलममलमा पार्ने नीतिनियमहरु लागू गरेको सरोकारवालाहरुको भनाइ रहेका छन ।यसले लगानीकर्ताहरुलाई मात्र नभइ ब्रोकरहरुलाइ पनि असर गरेको सरोकारवालाहरु बताउँछन ।त्यसो त शेयर लगानीकर्ताहरुको हक हित र अधिकारको लागि भनेर च्याउ सरि खुलेको थुप्रै संघहरु पनि छन । तर ,लगानीकर्ताहरुको हक हित र अधिकारको लागि लगानीकर्ताहरुको समस्या समाधानन गर्ने पहलगर्न को लागि स्थापना भएका च्याउ सरि खलेका लगानीकर्ताहरुको संघका स्वभोसित  लगानीकर्ताहरुका नेताहरु भने मौनब्रतमा रहने गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको