Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

निशा हुमाँगाई

शनिबार, ०३ साउन २०७७, ०९ : २६ मा प्रकाशित

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसले पारेको प्रभाव आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरूमा उच्च सुरक्षाका उपायहरू अपनाएर व्यवसायिक क्षेत्रहरू खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।

केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरू समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।

त्यसैगरी, लामो समयदेखि यि प्रतिष्ठानहरू बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको