Like us!
Follow us!
Connect us!
Watch us!

अब अरु बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने !

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, १७ : २० मा प्रकाशित

अब अरु बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने !

अर्थ संसार, काठमाडौं - कोरोना भाइसरको संक्रमण न्युनीकरण गर्नका लागि नेपाल सरकारले जारी गरेकाे लकडाउनसँगै बैंक तथा वित्तीय संस्थाहरुले गत चैत्र ७ गतेबाट कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार तथा अन्तर बैंक एटीएमबाट दिएको नि : शुल्क कारोबारको सुविधा अब बन्द हुने भएकाे छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त सूचना जारी गर्दै याे सुविधा फिर्ता लिएको जानकारी गराएका छन् ।

हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेको हुनाले भाेलि (श्रावण १ गते, बिहीबार) अर्थात नयाँ आर्थिक वर्षदेखि शुल्क लिने जानकारी उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

हेर्नुहाेस् सूचना :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको