Like us!
Follow us!
Connect us!
Watch us!

विनोद चौधरीको उदार मन : सिजी ल्यान्डमार्कका व्यवसायीलाई चार महिनाको भाडा छुट

अर्थ संसार

बुधबार, ३१ असार २०७७, १३ : ४६ मा प्रकाशित

विनोद चौधरीको उदार मन : सिजी ल्यान्डमार्कका व्यवसायीलाई चार महिनाको भाडा छुट

अर्थ संसार, काठमाडौं –  चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर चितवनको भरपुर स्थित सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई चार महिनाको भाडा छुट दिने भएको छ ।

फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो ।

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 
  
‘माननीयज्यू आफैंपनि सफल व्यवसायी हुनु भएकोले व्यवसायीका समस्याबारे उहाँलाई कसैले सिकाउनुपर्ने आवश्यकता थिएन,’ ‘लकडाउनकै समयमा यहाँआइ पुग्नु भएका उहाँले मलका व्यवसायीको मर्का बुझेर स्वतःस्फूर्त रुपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’ 

उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी) का सञ्चालक, सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए ।

चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । ‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्थाआउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’

मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । ‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ । यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुशरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ ।’ 
बिएमसीका सञ्चालक सबैको हित चिन्तक अर्याल व्यवसाय जोगिएमात्रै सबै कुरा जोगिन्छ भन्ने कुरो सांसद चौधरीले बुझेकै कारण भाडा छुट दिन लगाएको बताउँछन् ।

‘उहाँ नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरकै सफल मान्छे । उहाँले कोभिड–१९ र लकडाउन प्रभावित व्यवसाय जोगाउने उपायबारे संसदमा पनि बारम्बार बोल्दै आउनुभएको छ,’ अर्याल भन्छन्, ‘अहिलेको अवस्थामा व्यवसाय बचाउन जे गर्नुपर्छ भनेर उहाँले सरकारलाई सुझावदिनुभएको थियो त्यो आफैंले गरेर देखाउनुभयो ।’

मलका म्यानेजर उज्ज्वल केसीकाअनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमतिन दिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।

सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षा सम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरा मार्फत सूक्ष्म रुपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए । 

मलव्यवस्थापनले सामाजिक दुरीको लागिमार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमानिःसंक्रमितगर्ने गरेको उनको भनाइ छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको