Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोफाइनान्समा लगानीकर्ताको आकषर्ण किन ?

बुधबार, ३१ असार २०७७, ०९ : ०८ मा प्रकाशित

माइक्रोफाइनान्समा लगानीकर्ताको आकषर्ण किन ?

प्राथमिक बजारका लगानीकर्ताहरु माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) मा झुमिएका छन् । कोरोनाको कहर र लकडाउनले ठप्प भइको शेयरबजार लकडाउन खुकुलो भएपछि केहि माइक्रो  फाइनान्स कम्पनीहरुले आइपिओ निष्काशन गरेका छन् ।

सम्मकै माइक्रो फाइनान्स कम्पनीहरुमा सबभन्दा बढि आइपिओ  निश्कासन  गरेको एनआइसि एशिया लघुबित्तको आइपिओ र साधना लघुबित्तको आइपिओमा लगानिकर्ताहरु झुमिएका थिए । एनआइसि एशिया लघुबित्तले सर्ब साधारणहरुको लागि  ४७ लाख कित्ता भन्दा बढिको आइपिओ जारि गरेको थियो । जसमा ४ लाख भन्दा बढिले आवेदन गरेको थियो  ।

त्यसैगरि साधना लघुबित्त बित्तिय सस्थाले सर्ब साधारणहरुका लागि ७ लाख ७ हजार ८ सय कित्ता शेयर जारि गरेको  साधना लघुबित्तको आइपिओमा १७.०२ गुणा बढि कित्ताको लागि ४ लाख ५८ हजार भन्दा बढिले आवेदन दिएका थिए भने ६६ हजार १ सय ५२ जना आबेदकले १० कित्ताको दरले शेयर पाएका थिए  । कतिपयले लकडाउनको कारणले आइपिओ शेयरको लागि आवेदन दिनेमा कम होला कि भनेर अनुमान गरेका लगानिकर्ताहरु सबै जिल भए ।

त्यसोत एन आइसि एशिया लघु बित्त र साधना लघुिबत्त बित्तिय सस्थाको प्राथमिक शेयरमा मात्र नभइ माइक्रो  फाइनान्स कम्पनीहरुको सबै जसो आइपिओहरुमा लगानिकर्ताहरुको आकर्षण रहेका नै हुन्छन् । माइक्रो  फाइनान्स कमनीहरुको आइपिओहरुमा आवेदन दिनेहरुको भिड नै हुन्छन् ।

अरु कम्पनीहरुको समुहमा भन्दा माइक्रो  कम्पनीको समुहमा लगानिकर्ताहरुको आकर्षण देखिन्छ बिगत देखिनै । बिभिन्न माइक्रो  फाइनान्स कम्पनीहरुको प्राथमिक शेयर जारि हुदा गर्दा माग गरे भन्दा धेरै गुणाले आबेदन पर्ने गर्दथ्यो ।
 प्छिल्लो समयमा माइक्रो  फाइनान्स कम्पनीहरुको प्राथमिक शेयरमा होस वा दोश्रो बजारको शेयरमा होस लगानीकर्ताहरुको आकर्षण नै रहेका हुन्छन । माइक्रो फाइनान्सको कम्पनीहरुको शेयर दोश्रो बजारमा अरु कम्पनीहरुको शेयरको भाउ भन्दा अलि बढि नै रहेका हुन्छन । माइक्रो  फाइनान्स कम्पनीहरुका लगानीकर्ताहरुले धेरै कमाउने र गुमाउने पनि गर्ने गरेको बताउँछन सरोकारवालाहरु ।

त्यसोत कतिपय जानकारहरुको भनाइमा दोश्रो बजारमा कायम रहने  कतिपय माइक्रो  फाइनान्सको शेयर को भाउ अस्वभाबिक हो भनेर पनि भन्ने गरेका छन । धेरै जसो माइक्रो  फाइनान्सहरुको शेयर मुल्य बढि नै हुने गरेका छन भन्दा पनि फरक नपर्ला ।

अरु कम्पनीहरुको शेयर सख्या भन्दा माइक्रो फाइनान्सहरु कम्पनीहरुको शेयर सख्या कम हुने भएको र कतिपय माइक्रो फाइनान्सहरुले शेयरधनिहरुलाई प्रतिफल पनि राम्रो दिने कारणले अरु बैंक तथा बित्त हरुको भन्दा माइक्रो  फाइनान्स कम्पनीहरुो लगानिकर्ताहरुको आकर्षण रहेका देखिन्छ ।

कतिपय राम्रा माइक्रो  फाइनान्स कम्पनीहरुले शेयरधनिहरुलाइ ५० प्रतिशत भन्दा बढि लाभाश दिने गरेका पनि छन । त्यसोत माइक्रो  फाइनान्स कम्पनीको प्राथमिक शेयरमा जोखिम पनि कम हुने गरेको सरोकारवालाहरु बताउँछन । यसकारणले पनि लगानिकर्ताहरुका आकर्षण यसमा रहेको होला । त्यसोत कतिपय माइक्रो फाइनान्स कम्पनीहरुको शेयर मुल्य  दोश्रो बजारमा कम्पनीको नेटवर्थ भन्दा धेरै गुणा रहेको पनि बताउँछन जानकारहरु । यसमा लगानीकर्ताहरु सचेत हुन पर्ने देखिन्छ ।
 
देशका दुर्गम स्थानहरु ग्रामिण क्षेत्रको आर्थिक बिकास र समृद्धिको लागि माइक्रो फाइनान्स कम्पनीहरुको उपयोगिता देखिन्छ । बैक तथा बित्त कम्पनीहरु पुग्न नकेका नपुगेका ग्रामिण क्षेत्रहरुमा कृषि पशुपालन,घरेलु उधोग, लघु जलबिधुत साना साना उधोगहरु ससाना कर्जाहरु प्रवाह गर्न माइक्रो  फाइनान्स कम्पनीहरुको ठूलो भूमिका  रहेको हुन्छ । माइक्रो  फाइनान्स कम्पनीहरुले धेरै ब्यक्तिहरुलाइ ससाना परिमाणमा कर्जाहरु प्रवाह गर्ने हुनाले यसमा जोखिम पनि कम हुने गरेको जानकारहरु बताउँछन भने धेरै जसो कर्जाहरु उत्पादनमुलक क्षेत्रमा नै रहने कारणले यसको कर्जा पनि सुरक्षित हुने कतिपएको भनाइ रहेका छन ।

यसकारणले पनि माइक्रो  फाइनान्स कम्पनीहरुले राम्रो मुनाफा आर्जन गर्ने गरेको कारणले पनि लगानीकर्ताहरुको आकर्षण रहेको दखिन्छ । तर पनि दोश्रो बजारमा होस वा प्राथमिक बजारमा होस अरु कम्पनिहरुमा होस वा माइक्रो  फाइनान्स कम्पनिमा होस लगानि गर्दा भने त्यस संग सम्बन्धित जानकारी लिएर सचेत भइ लगानी गर्नु पर्ने देखिन्छ ।

 
नरेन्द्रमान श्रेष्ठ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको