Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १७ : ०४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकहरू नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्त रूपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

त्यसैगरी, कोभिड -१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।    
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको