Like us!
Follow us!
Connect us!
Watch us!

हाेसियार ! तपाईंको सीमकार्ड अर्कैको नाममा त छैन ? यसरी चेक गर्नुहोस्

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १५ : ५१ मा प्रकाशित

हाेसियार ! तपाईंको सीमकार्ड अर्कैको नाममा त छैन ? यसरी चेक गर्नुहोस्

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड लिनका लागि नयाँ नियम लागू गरेसँगै आफूले प्रयोग गरिरहेकाे सिमकार्ड आफ्नै नाममा बनाउन थप जरूरी भएकाे छ । 

अपराधिक गतिविधि तथा कानूनी झमेलाबाट आफूलाई सुरक्षित राख्नका लागि पनि आफूले प्रयोग गरिरहेकाे सिमकार्ड कसकाे नाममा छ भन्ने कुरा थाहा पाउनु आवश्यक छ ।

आफ्नाे सिमकार्ड अरू व्यक्तिकाे नाममा छ भने अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्दछ ।

 सिमकार्ड कसकाे नाममा छ कसरी थाहा पाउने ?

१. नेपाल टेलिकमको सिमकार्ड​

यदी तपाईंले नेपाल टेलिकमको सिमकार्ड​ चलाउनुहुन्छ भने *९२२# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।

२. एनसेलको सिमकार्ड​

यदी तपाईंले एनसेलको सिमकार्ड​ चलाउनुहुन्छ भने *९९६६# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको