Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १५ : ०१ मा प्रकाशित

ङादी ग्रुप पावरको नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार, काठमाडौं – ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ६९ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा १२ दशमलव ५३ प्रतिशतले बढेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ करोड १६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १० करोड ४३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १० करोड ६६ लाख ५२ हजार रूपैयाँ नाफा आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५३ करोड ५५ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा ११ करोड १७ लाख ६४ हजार  रुपैयाँ रहेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

 

5f0c26c2145d8.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको