Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
प्राइम लाइफको साधारण सभा आज, शेयरधनीलाई लाभांश कति ?
सोमबार, २९ असार २०७७

अर्थ संसार, काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाह्रौँ वार्षिक साधारण सभा आज (असार २९ गते, सोमबार) हुँदैछ ।

कम्पनीकाे असार ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे फागुन २३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार शेयरधनीहरूलाई आर्थिक वर्ष २०७४/०७५ सम्मकाे सञ्चित मूनाफाबाट आर्थिक वर्ष २०७४/०७५ काे लागि हाल कायम चुक्ता पूँजीकाे १२.५ प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि असार १९ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved