Like us!
Follow us!
Connect us!
Watch us!

भाग्यमानीले मात्रै पाउने भए साधना लघुवित्तको आइपिओ, असार मसान्त भित्रै बाँडफाँड !

अर्थ संसार

आइतबार, २८ असार २०७७, १७ : १९ मा प्रकाशित

भाग्यमानीले मात्रै पाउने भए साधना लघुवित्तको आइपिओ, असार मसान्त भित्रै बाँडफाँड !

अर्थ संसार, काठमाडौं-साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले  निश्कासन गरेको साधारण शेयर (आइपिओ) असार मशान्त भित्रै बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

आइतबार ‘प्रि अलोटमेन’आइतबार ‘प्रि अलोटमेन’ गरिसकेको छ ।बोर्डले निर्देशन दिएमा भोलि (सोमबार) नै बाँडफाँड हुने सक्ने ग्लोबल आइएमई क्यापिटलकी उप–प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले बताइन् । त्यो सम्भव नभएमा मंगलबार अथवा बुधबार बाँडफाँड हुनेछ ।

आवेदकको संख्या अत्याधिक रहेकाले आइपिओ गोलाप्रथाद्वारा वितरण हुने बताइएको छ । गोलाप्रथाबाट बाँडफाँड हुनाले कसलाई कति कित्ता पर्छ भन्ने चाहिँ लगानीकर्ताहरुको भाग्यमा भर पर्दछ ।

लघुवित्तले निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४ लाख ५५ हजार ७२७ जना लगानीकर्ताहरुले १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १६ दशमलव ९१ गुणा धेरै हो ।

लघुवित्तले असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको